Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनको विरोधमा माइतीघरको चिसो सडकमा बसे प्रचण्डसहितका नेताहरु

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव नेपाल समूहले सडकमा आन्दोलन शुरु गरेको छ। पुषको चिसोमा बिहानै नेकपाको प्रचण्ड-माधव समूह आज देखि सडकमा उत्रिएको हो।

'हामी यहाँ छौु' भन्ने नारासहितको प्लेकार्ड भिरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु चिसो सडकमा माइतीघरमा सडकमा बसेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ।

ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निस्कासन गरेको जनाएको थियो।

यता, संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर  सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसमेत पाँच जनाको संवैधानिक इजलाश गठन गरेका छन्।

संसद विघटन सम्बन्धी सुनुवाई प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधिसहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा तथा तेजबहादुर केसी सहितको ईजलासमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077