Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनको सुनुवाईको इजलाशमा ओली र चोलेन्द्र निकट न्यायाधीश मात्र !

काठमाडौं । संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर  सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसमेत पाँच जनाको संवैधानिक इजलाश गठन गरेका छन्।

संसद विघटन सम्बन्धी सुनुवाई प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधिसहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा तथा तेजबहादुर केसी सहितको ईजलासमा हुने भएको छ ।

न्यायाधीश कार्की प्रधानमन्त्री ओलीकै सिफारिसमा सर्वोच्चको न्यायाधीश बनेका हुन् । उनी पहिलो पटक केपी ओली प्रधानमन्त्री बन्दा ओली सरकारको महान्यायाधीवक्ता थिए ।

अन्य न्यायाधीश पनि प्रधानान्यायाधीश  जबराकै अनुकुल रहेको पाइएको छ । सर्वोच्चकै बरिष्ठ न्यायाधीशहरु दीपक कुमार कार्की र मिरा खड्कााई संवैधानिक इजलाशबाट हटाइएको छ ।

इजलाशमा न्यायाधीश फेरिएसँगै संसद विघटन सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशले बदमासी गर्न सक्ने आशंका गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलाशले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077