Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनबारे आज सर्वोच्चले अन्तरिम आदेश दिन्छ त ?

काठमाडौं । संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलाशले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए । प्रधानन्यायाधीश जबराले आफूसमेत पाँच जनाको इजलाश गठन गरेका छन्।

संसद विघटन सम्बन्धी सुनुवाई प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा तथा तेज बहादुर केसी सहितको ईजलासमा  हुने भएको छ ।

संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिन्छ वा दिँदैन् ? सबै सामु पर्खाइको बिषय बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिइन।

संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077