Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वुहानमा चिनियाँ वैज्ञानिक डब्लुएचओको टोलीलाई स्वागत गर्न आतुर

    वुहानमा चिनियाँ वैज्ञानिक डब्लुएचओको टोलीलाई स्वागत गर्न आतुर

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    संसारलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहान सहरलाई मानिँदै आएको छ । वुहानको एक ल्याबबाट कोरोना भाइरस लिक भएर संसारभरि फैलिएको भन्दै अमेरिका र युरोपले चीनमाथि आरोप लगाउँदै आएका छन् । भाइरस फैलिएको एक वर्षपछि वुहानको सोही ल्याबका एक वरिष्ठ चिनियाँ वैज्ञानिकले आफूहरू अधिकारप्राप्त संस्थालाई कोरोना परीक्षण गर्न अनुमति दिन तयार रहेको बताएकी छिन् ।

    प्रोफेसर सी जेंग्लीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई ल्याबमा स्वागत गर्न आतुर रहेको जनाएकी छिन् । डब्लुएचओको टोलीले जनवरीमा वुहानको भ्रमण गर्नेछ । वुहानको ल्याबबाट कोभिड फैलिएको हो वा होइन भन्ने डब्लुएचओको टोलीले अनुसन्धान गर्नेछ । ‘हामी डब्लुएचओको टोलीलाई ल्याबमा स्वागत र सबै किसिमको सहयोग गर्न तयार छौँ,’ प्रोफेसर जिंग्लीले बिबिसीलाई भनेकी छिन् ।



    डब्लुएचओको निरन्तरको दबाबपछि चीनले वुहानमा अनुसन्धान गर्न अनुमति दिन लागेको हो । यस सम्बन्धमा डब्लुएचओ र प्रोफेसर जिंग्लीबीच दुईपटक वार्ता भएको छ । ल्याबका प्रोफेसर जिंग्लीले डब्लुएचओसँगको सकारात्मक वार्तापछि अनुसन्धान टोली वुहान आउन लागेको बताइन् । उनी भन्छिन्, ‘मैले उहाँहरूलाई भनेकी थिएँ, यदि वुहानमा अनुसन्धान गर्न आउन चाहनुहुन्छ भने हामी स्वागत गर्न तयार छौँ, अनुसन्धान कार्यमा केही पनि समस्या आउने छैन ।’



    यद्यपि चीनले अझैसम्म वुहानबाट नभई कोरोना अन्य मुलुकबाटै फैलिएको दाबी गरिरहेको छ । अमेरिका तथा युरोपले वुहानलाई नै कोरोनाको केन्द्रबिन्दु मानेका छन् । अहिलेसम्म विश्वभर कोरोनाबाट सात करोड ९१ लाख ७८ हजार २३१ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १७ लाख ४० हजार २५५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार