Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बि एन्ड बी अस्पतालका दुई कर्मचारीको टाटा सुमोको ठक्करबाट मृत्यु

काठमाडाैँ । ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना छन्।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार बिहीबार राति करिब ७ बजे बिएन्डबी अस्पताल अगाडि प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा उनीहरूकाे ज्यान गएको हो।

एसपी महर्जनका अनुसार ड्यूटी सकेर उनीहरू घर फर्कने क्रममा गाडीले ठक्कर दिएको हो। उपचारका लागि तत्काल उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो। सुमो चालक दोलखा घर भइ इमाडोल बस्दै आएका ३१ वर्षीय मिनबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077