Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • महेशलाई काउन्टर दिन पर्शुरामलाई च्यापे गोकुलले, केद्रिय सदस्य बनाउने प्रयास असफल

    महेशलाई काउन्टर दिन पर्शुरामलाई च्यापे गोकुलले, केद्रिय सदस्य बनाउने प्रयास असफल

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.9K
    SHARES

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाको ११ सय ९९ केन्द्रीय सदस्य बन्दा पनि युवा संघको तर्फबाट भने रमेश पौडेल र किरण पौडेल मात्र केन्द्रीय सदस्य बनेका छन् ।

    युवा संघको इन्चार्जको जिम्मा लिएका महेश बस्नेतले साबिक युवा संघका कमिटीमा रहेका रमेश पौडेल, किरण पौडेल, माधव बास्तोला, प्रभात कटुवाल, रमेश आचार्य, बचन सिंह, अन्जना अधकारी, उर्मिला सुनुवार र संजिव झाको नाम सिफारिस गरेका थिए ।



    अखिल भित्रबाट ऐन महर सहित ५ जना केन्द्रीय सदस्य बन्दा समेत पर्शुराम बस्नेतपर्न सकेनन् । स्रोतका अनुसार पर्शुरामलाई केन्द्रीय सदस्य बनाउन पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले मरिहत्ते गरेर लागेका थिए ।

    बाँस्कोटाले ओलीका सल्लाहकार राजन भट्टराईको धाक देखाएर पर्शुरामको केन्द्रीय सदस्य भए युवा संघका सबैको हुन्छ, नभए कसैको पनि हुँदैन भन्दै ओलीलाई दबाब दिएका छन् ।

    वर्तमान पदाधिकारी बाहेक आफ्नो भुगोलबाट केन्द्रीय सदस्य भईसकेका युवा संघका पूर्व पदाधिकारीहरु चन्द्र लामा, गोबिन्द थापा, माधव बास्तोला र सन्तोष रावलको समेत नाम कटाउन बाँस्कोटा र भट्टराईले लबिङ गरेको कुरा बालुवाटार स्रोतले जनाएको छ । विगतमा  डनको नामबाट पर्शुराम चर्चित बनेका थिए ।

    पहिला केपी ओलीको आडमा महेश बस्नेतले पर्शुराम बिरुद्धको अपहरण, ज्यानमार्ने उद्योग, सम्पत्ति सुदृढीकरणको मुद्दालाई ढिसमिस गराउन र इन्काउन्टरबाट बचाउन अस्वभाविक पहल गरेका थिए ।

    तत्कालिन डिआईजी तथा नेकपाका पुर्व सांसद नवराज सिलवाललगायतको पहलमा  पर्शुरामको सबै मुद्धा टुङ्गयाइएको थियो ।

    महेश बस्नेत युवा संघको अध्यक्ष हुँदा पर्शुराम जस्तै व्यक्तिलाई संरक्षण गरेका कारण उनले माओवादीको आतंकको बिरुद्ध संघर्ष गरेको जस त पाए, तर बदनाम पनि भएका थिए ।

    पछिल्लो समय महेश बस्नेत र गोकुल बाँस्कोटाबीच ओली पक्षको बागमती प्रदेशको नेता को हुने  र केपी ओलीको सचिवालयमा बसेर उनको नजिक को हुने भन्ने द्वन्द्व चलिरहेको छ।

    पर्शुरामले राजन भट्टराई र बिष्णु रिमालको साथ  तथा युवा संघको सहसंयोजक रमेश पौडेलको सोझोपनको फाइदा लिएर  आफू केन्द्रीय सदस्य बन्ने सपना देखेका थिए।

    त्यसो त पछिल्लो समय अराजनीतिक हर्कतको विरोध गर्ने महेश बस्नेत केन्द्रीय सदस्य बिनोद ढकाल र मोरङ्ग अध्यक्ष ऋषी पोख्रेललाई एकै पटक सबक सिकाउन चाहान्छन् ।

    सेक्युरिटी प्रेसको ७० करोड काण्डमा मुछिएर केपी ओलीलाई बदनाम गराउने एक पात्र हुन, गोकुल बाँस्कोटा । पर्शुराममाथि विराटनगरका स्थानिय व्यवसायी रोशन सोनी, प्रकाश मुन्दडा, विकास रौनियार र भुपाल राई जस्ता व्यवसायीहरुलाई दबाब र प्रभावमा पारेर अनेक बैध /अबैध कामबाट सम्पत्ति  कमाइरहेको आरोप लागेको छ ।

    अहिले ओली गुटको गोकुल -पर्शुरामको नयाँ उपगुट बनेको छ । राजन भट्टराई, बिष्णु रिमाल र सूर्य थापा समेत त्यो उप गुटको सदस्य बन्ने हुन कि होइनन् हेर्न बांकी नै छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार