Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्मार्टडोकोको नयाँ भर्सनको एप पुन लन्च हुँदै, यस्ता छन् अफरहरु

    स्मार्टडोकोको नयाँ भर्सनको एप पुन लन्च हुँदै, यस्ता छन् अफरहरु

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। आइएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ ।

    नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।



    स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले निम्न छुटको लाभ उठाउन सक्नेछन्  ।



    स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् ।
    (न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ)
    – सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्)
    – ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् ।
    – हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ ।
    -नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । (न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ)
    – माच्छापुछ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ ।
    -सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ ।
    -हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।
    (ब्राण्डहरु : मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)
    – १ रुपैया गेम
     ( भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछ)
    – २५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ ।
    – फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।
    ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु     हुने कम्पनीले जनाएको छ ।

    स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि कम्पनीले आफ्ना ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउने जनाएको छ ।

    भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि,  वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका दिइएको कम्पनीको भनाइ छ।

    । यसबाहेक, स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानिको थुप्रै विकल्पहरू प्रस्तुत गरेको छ ।

    साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन् ।

    आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्रा भन्छन्, ‘हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन् । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन सपिङको अनुभव गर्नेछन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार