Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • धरहराको २०औं तला निर्माण सम्पन्‍न

    धरहराको २०औं तला निर्माण सम्पन्‍न

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । धरहराको २० औं तलाको निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २०औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कूल २३ तला रहने पनि ज्ञवालीले बताए ।



    यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ ।



    जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ ।

    ज्ञवालीले यसै आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए । आगामी असार मसान्त सम्म मूलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार