काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा १३ गते देशभर प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको घोषणा गरेको हो । बैठकका थप निर्णयहरु भने आउन बाँकी छन् ।
यता, प्रचण्ड समूह छाडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बालुवाटारमा सम्बोधन गरिरहेका छन् ।
ओली समूहको बैठकको निर्णहरु पनि सार्वजनिक हुन बाँकी छ ।
यता, नेपाली कांग्रेसले भने मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
Leave a Reply