Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डिजिटल भुक्तानी सेवा सेलपे र एनएमबि बैंकबीच सहकार्य

    डिजिटल भुक्तानी सेवा सेलपे र एनएमबि बैंकबीच सहकार्य

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

    सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।



    सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।



    भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको सेलपेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने पनि कम्पनीले जनाएको छ ।

    सेलपेद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, EMI भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।’

    सन् १९९६ मा स्थापना भएको एनएमबि बैंकले १७६ शाखाहरु, ९ एक्सटेंशन काउंटर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र १३५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार