काठमाडौं । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज महासचिवको टुंगो लगाउने भएको छ।
महासचिवको टुंगो लगाउनकै लागि आज बिहान ११ बजेका लागि बबरमहलमा तय गरिएको बैठक १ बजेका लागि सारिएको नेकपा स्रोतको भनाई छ ।
महासचिवका लागि सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन्।
स्रोतका अनुसार पाण्डेलाई नै प्रचण्ड–नेपाल समूहले महासचिव बनाउने तयारी गरेको छ ।
Leave a Reply