काठमाडाैं । महानगरीय अपराध महाशाखाले युवतीको प्रयोग गरी डकैती गर्ने एक जनालाई पक्राउ पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दोलखाकाे शैलुङ गाउँपालिका-३ घरभई काठमाडाैंकाे स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेका महाशाखाले जनाएकाे छ।
गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए। सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्।
युवतीले उनलाई कलंकी पुर्याइदिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्याए। तर, युवती कलंकी उत्रिइनन्। भोलालाई चोभारसम्म पुर्याइदिन अनुरोध गरिन्। भोलाबहादुर पनि युवतीको अनुरोध मानेर चोभार पुगे। तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिरहेका थिए।
चोभारमा बसेका ब्यक्तीहरुले उनलाई नियन्त्रणमा लिएर ६ तोलाकाे सुनको सिक्री १ थान, मोवाईल २ थान, रेबन चस्मा १ थान र नगद ७ हजार गरी ६ लाख ३५ हजार बराबरको धनमाल लुटेका थिए ।
श्रेष्ठलगायतका व्यक्तिहरूले अन्य स्थानमा पनि युवतीहरूकाे प्रयोग गरेर बिभिन्न मानिसहरुलाई लुटपाट गरेको बुझिन आएको हुँदा अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।