Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नक्कली परीक्षार्थी बनेर कोरियन भाषा परीक्षा उत्तिर्ण गराउने प्रशिक्षक पक्राउ

    नक्कली परीक्षार्थी बनेर कोरियन भाषा परीक्षा उत्तिर्ण गराउने प्रशिक्षक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले इपीएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षकलाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा शेनसेगा कन्सलटेन्सी बागबजार काठमाडाैंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने सुनसरीकाे धरान उपमहानगरपालिका-१९ स्थायी घर भई काठमाडाैं कालोपुल बस्ने ५१ वर्षका उत्तम मान लिम्बु रहेका महाशाखाले जनाएकाे छ ।



    आराेपी लिम्बुले इपीएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी प्रतिव्यक्ति सात लाखसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।



    इपीएस परीक्षा दिने विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखेर परीक्षा दिई उत्तिर्ण भई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचनाकाे आधारमा मंगलबार महाशाखाले उनलाई पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार