Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसद भंग गरेपछि ओलीले पुन:भारत विरोधी ‘राग’को सहारा लिएको दाबी

    संसद भंग गरेपछि ओलीले पुन:भारत विरोधी ‘राग’को सहारा लिएको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने निर्णयको बिरूद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर भएका छन्। ओलीका विपक्षीहरूले संसद भंग गर्ने निर्णयलाई असंवैधानिक भनेका छन्।

    यद्यपि सोमबार ओली देशलाई सम्बोधन गर्दै आफ्नो निर्णयको पक्षमा बोल्दै थिए। ओलीले पार्टीभित्रको विवाद  धेरै बढेका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको जिकिर गरे ।



    भारतीय मिडियाले भने ओलीले आफ्नो भाषणमा फेरि एकपल्ट आफ्नो रक्षाको लागि भारत विरोधी रागको सहारा लिएको आरोप लगाएका छन्।



    ओलीको कार्यकालमा नेपालको नयाँ नक्शा प्रकाशित भएको थियो। ओलीले सम्बोधनमा भने, ‘सरकारले जनताको हितमा धेरै काम गरेको छ र राष्ट्रियताका लागि दृढ रहेको छ, भारतसँग सीमा वार्ता सुरु गरेको छ र चीनसँगको व्यापार र यातायात सम्झौताहरू कार्यान्वयन गर्न छिटो काम गरेको छ।’

    ओलीले  नेपालको नयाँ नक्सा पारित गर्दा  २०१६ को जस्तै उनलाई शक्तिबाट निकाल्ने प्रयास भएको  वताएका थिए । भारत-नेपाल सीमामा  आर्थिक नाकाबन्दी भएको एक वर्ष पछि  ओलीको सरकार पतन भयो। ओलीले भने, ‘चरित्र एकै हो, परिस्थिति पनि उस्तै हो, प्रसँग परिवर्तन भएको छ। के यसले प्रमाणित गर्दैन कि हाम्रा केही नेताहरूले बिस्तारै देशलाई अस्थिरतातिर धकेल्न खोजिरहेका छन्।’

    केही समय अघि ओलीले नेपालको नयाँ नक्शा पारित भएकोले उनलाई काठमाडौं र दिल्ली स्थित भारतीय दूतावासबाट प्रधानमन्त्री पदबाट हटाउने षडयन्त्र चलिरहेको वताएका थिए ।

    ओलीले आफ्नो सरकारले क्षेत्रीय अखण्डताको संरक्षण र स्थिरताको हिसाबले उत्कृष्ट काम गरेको गरेको दाबी गरे । ओलीले भने, ‘जब मैले कालापानी र लिपुलेकलाई समाहित गर्दै देशको नयाँ नक्शा जारी जारी गरे , तब देशको गौरव बढाउनको लागि मलाई कष्ट दिइयो।’

    नेपालले कालापानी, लिपुलेख र लिम्पियाधुरालाई समेटेर नयाँ नक्शा जारी गरेपछि भारतले कडा आपत्ति जनाएको थियो। भारतले नेपालको यो कदम कृत्रिम दाबी गरेको थियो । नेपालले यी तीनै क्षेत्रहरूमा आफ्नो दावी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार