Online Nepal
  • बुधबार, २ माघ २०८१
  • बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन

    बालुवाटारमा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ । स्राेतका अनुसार निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि हस्ताक्षर संकलन भइरहेको छ ।

    हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक सुरु हुन सकेको छैन ।



    ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी गरेको छ । प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गरी अरु केन्द्रीय सदस्यहरु थप्ने ओली पक्षको तयारी छ ।

    यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार