Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले जानकारी दिएका छन ।



    अन्तराष्ट्रिय संचार माध्यमका अनुसार बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको हुन्।

    यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

    उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार