Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने

    भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको आश्वासन दिएको छ ।

    सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् ।



    ‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।



    भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । केही मुलुकले खोप प्रयोगलाई अनुमति दिइसकेका छन् । नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आग्रह गरिसकेको छ । यसैक्रममा भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार