Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदाता नामावली संकलन कार्य स्थगन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगत गर्न निर्देशन जारी गरेको छ। सोमबार आयोगले सबै निर्वाचन कार्यालयलाई परिपत्र गर्दै मतदाता नामावली संकलन स्थगत गर्न निर्देशन जारी गरेको हो।

'जिल्ला निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको' भन्दै यस्तो निर्देशन जारी गरेको हो।

सरकारले २०७८ वैशाख १७ गते र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको सन्दर्भमा उल्लेख गर्दै मतदाता नामावली संकलन बन्द गर्न भनिएको हो।

अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्न आयोगले भनेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाखमा निर्वाचनको मिति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077