Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेकपा (मसाल)द्वारा सरकारलाई दिएको समर्थन फिर्ता, संसद पुनर्स्थापना गर्न माग

    नेकपा (मसाल)द्वारा सरकारलाई दिएको समर्थन फिर्ता, संसद पुनर्स्थापना गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ ।

    सोमबार बसेको आकस्मिक बैठकले ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएकोले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे हाे ।



    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनर्स्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएकाे छ।’



    नेकपाको सरकारलाई दिएको समर्थन नीतिमाथि आधारित रहेको भन्दै मसालले अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।

    संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार