काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९४ हजार ९०९ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ७ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ८४९ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७९ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ६६४ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३२३ जना निको भएका छन्। आज काठमाडौंमा ३ हजार ४४८ ललितपुरमा ६२८ र भक्तपुरमा २४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Leave a Reply