काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपाको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोबोलाइएको छ ।
नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।
स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
यसअघि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार घेराबन्दीको सिकार भएको बताएका थिए ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका थिए ।
प्रधानमन्त्री ओलीले सोमबार संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।
Leave a Reply