Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपाको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरताको भूमरीमा फस्याे : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसद विघटन गर्ने सरकारको निर्णय प्रजातान्त्रिक मूल्य, मान्यता विपरित रहेको निश्कर्ष निकालेकाे छ ।

आइतबार बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठहर गरेको हो ।

मन्त्रिरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेकाेले सत्तारुढ दलभित्रको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको निश्कर्ष बैठकले निकालेको हाे ।

बैठक पछि जारी विज्ञप्तिमा पार्टीले राष्ट्रपतिले राष्ट्र प्रमुखको तटस्थ भूमिकालाई फेरि एक पटक विवादास्पद तुल्याएकाे दाबी गर्दै प्रतिनिधिसभाको विघटनको पछिल्लो घटनाक्रममले २०६२/०६३ पछि अबलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077