Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ७१० जनामा कोरोना पुष्टि हुँदा ११७५ जना संक्रमणमुक्त, १२ को मृत्यु

    ७१० जनामा कोरोना पुष्टि हुँदा ११७५ जना संक्रमणमुक्त, १२ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै कोरोना संक्रमित हुनेको संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या भने ११७५ जना रहेको छ ।



    योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १७७७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार