काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विबाद चर्कदै गएपछि फेरी गुट भेला शुरु भएको छ ।
पेरिस डाँडामा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको गुट भेलामा नेकपाका उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएनन्। गौतमले कुनैपनि गुट भेलामा नजाने बताएका छन्।
गौतमले अहिले भेला गर्ने बेला नभएको भन्दै बैठकबाट सबै समस्याको हल खोज्नुपर्ने वताएका छन्।
शुक्रबारको पेरिस डाँडामा प्रचण्ड–नेपाल समूहको बैठकमा गौतम सहभागीभएका थिएनन् ।
भेलामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल तथा पूर्वअध्यक्ष झलनाथ खनाल, जिल्ला अध्यक्षसहित केन्द्रीय सदस्य अधिकांश केन्द्रिय सदस्य सहभागी थिए।
प्रचण्ड–नेपाल समूहको भेलाले प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ।
भेलामा ओली पेलेर अघि बढ्ने रणनीतिमा रहेकोले पार्टीले बेलामै नियन्त्रण नगरे दुर्घटना हुनसक्ने कुरा उठेको थियो ।
अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसदबाटै निकास खोजिनुपर्ने भेलाबाट निष्कर्ष निकालिएको छ।
बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने निर्णय भएको थियो।
Leave a Reply