Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश-१ काेराेना अपडेट : ४३ जनामा संक्रमण, १४३ जना डिस्चार्ज 

    प्रदेश-१ काेराेना अपडेट : ४३ जनामा संक्रमण, १४३ जना डिस्चार्ज 

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन् ।

    डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ ।



    नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४, मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८४० छन् । आजै प्रदेशमा ५६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार