काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएकाे छ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै नेकपाका दुवै अध्यक्ष पुनः छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डले आज हुने छलफलमा सहमती हुन बाँकी विषयलाई टुंगोमा पुर्याउने छन् ।
बालुवाटार श्रोतका अनुसार प्रचण्डले आज अपराह्न प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछन् । दुवै अध्यक्षको संवादपछि मात्रै संवैधानिक परिषद बैठकको टुंगो लाग्ने बताइएको छ ।
Leave a Reply