Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती गरेकाे छैन: उपप्रधानमन्त्री पाेखरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेकाे बताएका छन्।

उनले भने,'संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती गरेकाे छैन, त्यसलाई अतिरञ्जित ढंगले नबुझ्नाैँ।'

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै उनले उक्त अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए ।

पोखरेलले भने, ‘अध्यादेशको लागि अध्यादेश थिएन, संविधानलाई अपदस्थ गर्न ल्याउने कुरा थिएन । संवैधानिक अध्यादेशलाई पुस १ गतेको तारतम्यसँग कसैले जोड्छ भने त्यो बेकारको कुरा हो ।’

दुई वर्ष १० महिनादेखि रिक्त संवैधानिक निकायहरुमा नियुक्ति नहुँदा राज्य सन्चालनमा असर परेको भन्दै उनले त्यसलाई दुर्भाग्य भने । यद्यपि निकट भविष्यमै रिक्त पदहरुमा नियुक्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077