काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले १७ बर्षीया किशोरीमाथि बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङका निश्चल उपाध्याय र तनहुँ घर भएका प्रदिप कुँवर रहेका छन् । चाँगुनारायण नगरपालिका–७ स्थित ‘बाटो माथीको रिसोर्ट’मा काम गर्ने किशोरीलाई सोही रिसोर्टका वेटर तनहुँ घर भएका प्रदिप कुँवरको सहयोगमा निश्चलले बलात्कार गरेको बताइएको छ ।
उमेर नपुगेकी किशोरीलाई जागिर दिने बहानामा बोलाएर अवैध काममा लगाउने गरेको सुचनाको आधारमा प्रहरीले बुधवार रिसोर्टमा छापा मारेको थियो । रिसोर्ट चेकजाँच गर्न गएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा सो रिसोर्टमा काम गर्ने अन्य दुईजनालाई पनि प्रहरीले पक्रेको छ ।
प्रहरीलाई असहयोग गरेको आरोपमा पक्राउ पर्नेमा गोरखा घर भएका अश्विन कुँवर र काभ्रेपलाञ्चोक घर भएका २१ बर्षीय प्रदिप केसी छन् । उनीहरुलाई ‘अभद्र व्यवहार गरेको कसुर’मा मुद्धा चलाइने डिएसपी दिपक गिरीले बताए ।
Leave a Reply