Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति भएको छैन : प्रचण्डको सचिवालय

    अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति भएको छैन : प्रचण्डको सचिवालय

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको जनाएको छ ।

    दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयले जनाएको छ ।



    प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत दुई विषयमा मात्र सहमति भएको उल्लेख गरेकी छन् । दुवै अध्यक्षले पेस गरेका आरोपपत्र फिर्ता गर्ने सहमति भएको समाचार बाहिरिएपछि प्रचण्डको सचिवालयले अध्यक्षहरुबीच दुई विषयमा मात्र सहमति भएको जनाएको हो ।



    नेकपा बरिष्ठ नेता झलनाथ खनालले पनि सरकारले ल्याएको अध्यादेश फिर्ता र संसद् बोलाउने प्रस्तावबाहेक कुनै पनि सहमति नभएको बताए । नेता खनालले अरु विषयमा आगामी स्थायी कमिटी बैठकमा छलफल हुने बताए।

    https://www.facebook.com/seema.dahal/posts/10214229320367049

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार