काठमाडाैँ । सत्तारूढ दल नेकपाको अाज बस्ने भनिएकाे स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले भेटवार्ता चलिरहेको छ ।
सरकारले संवैधानिक परिषद्सन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा छ । अध्यादेशपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई ठीक ठाउँमा राख्न कडा नीति अख्तियार गर्ने प्रतिक्रिया दाहालसहित माधवकुमार नेपाल तथा झलनाथ खनालले दिइरहेका वेला आज भएको भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।
दुई अध्यक्षबीच समझदारी बनेमा आज बस्ने भनिएको स्थायी कमिटी बैठक नरम बन्न पनि सक्छ । तर, समझदारी नभएमा आजको स्थायी कमिटी निकै गरम हुने पूर्वानुमान राजनीतिक वृत्तमा गरिएको छ ।
Leave a Reply