Online Nepal
  • बुधबार, २ माघ २०८१
  • स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, नेकपा विवाद गम्भीर माेडमा

    स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, नेकपा विवाद गम्भीर माेडमा

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक १ बजे बालुवाटारमा बस्ने तय भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने तय भएको जानकारी दिए।

    बुधवारको स्थायी कमिटी बैठक रोकेर सहमतिका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरे पनि प्रचण्डले अस्वीकार गरेका छन्।



    मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एका एक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद झनै बढेको छ।

    प्रचण्डले ओलीले निरंकुशताको संकेत गरेको र उनका कदम रोक्न आफूले पहल गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका थिए। प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहका नेताले बुधवारको स्थायी कमिटी बैठकमा ओलीको हठात निर्णयबारे छलफल हुने बताइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार