Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चेल्सी वल्भ्ससँग स्तब्ध, सिटी रोकियो

    चेल्सी वल्भ्ससँग स्तब्ध, सिटी रोकियो

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग स्तब्ध बन्दा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुगेको छ । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो । यसअघि चेल्सी एभर्टनसँग १–० ले स्तब्ध बनेको थियो ।

    वल्भ्समा मंगलबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । ४९औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए ।



    ६६औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ओवेन ओटासोवीको पासमा गोल गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेड्रो नेटोले भिटिन्हाको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे । बल पोसेसनमा चेल्सीले पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा चेल्सी पराजित हुन पुग्यो।



    यो हारसँगै चेल्सीले यो बराबरीसँगै चेल्सीले शीर्षस्थानको टोटेनहम र लिभरपुलसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाउदा पाँचौ स्थानमा यथावत रहेको छ । चेल्सीको १३ खेलबाट २२ अंक रहेको छ । शीर्षस्थानको टोटेनहम र लिभरपुलको २५ अंक रहेको छ । तेस्रो स्थानको लेस्टर सिटीको २४ तथा चौथो स्थानको साउथह्याम्टनको २३ अंक छ । वल्भ्स २० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

    प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इल्केए गुन्डोगानको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको सिटी ४३औं मिनेटमा रुवेन डियासको आत्मघाती गोलबाट बराबरीमा पुगेको थियो । यो बराबरीसँगै सिटी २० अंक जोडेर छैटौं स्थानमा यथावत छ । वेस्ट ब्रुम ७ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार