Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काेराेना कहर : देशभर ३२१ संक्रमित आइसियु र ४८ भेन्टिलेटरमा उपचाररत

    काेराेना कहर : देशभर ३२१ संक्रमित आइसियु र ४८ भेन्टिलेटरमा उपचाररत

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । मंगलबार देशभर ३ सय ६९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड-१९ अस्पतालमा ३२१ जना संक्रमित आइसियु र ४८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।



    प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा  १२७ जना आइसियु र २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।



    त्यसैगरी, प्रदेश १ मा ३७ जना आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

    लुम्बिनी प्रदेशमा ३८ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार