काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ३० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट अनुसार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १९ सय ९६ जनाले कोरोना जितेका छन् । नेपालमा यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । मंगलबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।
Leave a Reply