Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने गजुरेलकाे चेतावनी

    पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने गजुरेलकाे चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।

    तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै उनले कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।



    फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।



    गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार