Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सबैभन्दा कोरोना प्रभावित देश अमेरिकामा आजबाट खोप लगाइँदै

    सबैभन्दा कोरोना प्रभावित देश अमेरिकामा आजबाट खोप लगाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 2.7K
    SHARES

    एजेन्सी।  अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो

    खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।



    आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो ।



    यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

    विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो ।

    तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ ।

    दैनिक मृतकहरुको सङ्ख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार