काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थागित भएकाे छ।
पुष १ गते बस्ने गरी स्थायी कमिटीकाे बैठक स्थगित भएकाे हाे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको थियाे।
स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गरिएकाे हाे।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको थियाे।
Leave a Reply