Online Nepal
  • शनिबार, १७ चैत्र २०८०
  • ८४ वर्षीया मित्रलालले गरे ६५ बर्षकी मालतीसँग बिवाह, जोडी बन्यो नमुना

    ८४ वर्षीया मित्रलालले गरे ६५ बर्षकी मालतीसँग बिवाह, जोडी बन्यो नमुना

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 5.1K
    SHARES

    इलाम। मान्छेलाई एक्लो महशुस भएपछि बिहे गरेर सँगै बस्न उमेरले छेक्दैन भन्ने उदाहरणको पात्र बनेका छन्, इलाम पिपलबोटेका ८४ वर्षीया वृद्ध  मित्रलाल भट्टराई।

    लामो समय एकल जिवन बिताएका ८४ वर्षीया इन्जिनियर  भट्टराईले बेहुली भित्र्याएका हुन । उनले ६५ वर्षीया महिलालाई बेहुली बनाएका हुन् ।



    भट्टराईले नेपालगञ्ज नगरपालिकाकी सरकारी जागिरे मालती आचार्यलाई बेहुली बनाएका छन् ।



    श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उनले वृद्धअवस्थामा साथीको आवश्यकता परेकाले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमाडौंमा सरुवा भएका थिए । उनी सिडीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् ।

    २०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निधन भएको हो ।

    दुवै जनाको मन मिलेर एकअर्काको सहाराका लागि बिहे गरेको भए पनि सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै उनले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् ।

    साथै दम्पत्तिले नकारात्मक टिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् ।

    मित्रलालले भनेका छन्, ‘हरेक मानिसलाई जीवनमा सहारा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउनेलाई नै थाहा हुन्छ । त्यसैले यस्ता कुरालाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ।’ यो जोडी अहिले सामाजिक सन्जालमा नमुना बनेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार