Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मलेसियाको जेलमा १५० जना नेपाली

    मलेसियाको जेलमा १५० जना नेपाली

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 3.7K
    SHARES

    काठमाडाैँ । मलेसियाको जेलमा १५० जना नेपाली जेल जीवन बिताई रहेको पाइएको छ । रोजगारीका लागि मलेसिया गएका उनीहरु विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको हाे ।

    क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका हुन ।



    गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले मलेसियाको अध्यागमन विभागसंग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।



    धेरै नेपालीहरुले मलेसियाको कानून उल्लंघन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपालीहरु जेल पर्ने गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार