काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा ८० वर्षकाे उमेरमा निधन भएको हो ।
बिहीबार अस्पताल भर्ना भएका श्रेष्ठको ब्रेन ह्याम्रेजका कारण निधन भएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।
तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि श्रेष्ठ भारत निर्वासनमा गएका थिए । श्रेष्ठ २०१८ सालमा बम बोकेर भारतबाट नेपाल आएका थिए । सोही क्रममा उनी पक्राउ परेका थिए ।
श्रेष्ठले प्रजातन्त्र स्थापनाको आन्दोलनमा पटक-पटक गरेर करिब १२ वर्ष जेल जिवन विताएका थिए । श्रेष्ठ कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति हुन् । श्रेष्ठका १ छोरा र ३ छोरी छन् ।
Leave a Reply