Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मापसे गरी युवतीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ

    मापसे गरी युवतीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 6.9K
    SHARES

    पाल्पा । २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-५ बाँझोबारी का ४५ वर्षीय गंगाबहादुर नेपालीलाई पक्राउ गरेको  जनाएको छ।



    उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार पक्राउ परेका नेपालले मादक पदार्थ सेवन गरेर ती युवतीलाई बुधबार राति बलात्कार गरेका थिए ।

    बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार