जनकपुरधाम । कोरोना भाइरस महामारीका कारण जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी विधिमात्र पुरा गरी मनाइने भएको छ ।
पनि प्रभावित हुने भएको छ ।
विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुने जनकपुरमा यस वर्ष अहिलेसम्म पनि कुनै रौनक देखिएको छैन ।
यो वर्ष विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई जोगाउन विधिमात्र पूरा गरी साधरण रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।
यस पटकको विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जनाइएको छ ।
‘कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यस पटक विवाह पञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन,’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले भने, ‘विधि पुर्याउने काम मात्रै हुन्छ ।’
यस्तो छ यस वर्षको सप्ताहव्यापी कार्यक्रम
मंसिर २९ गते जनकपुर नगर दर्शन
मंसिर ३० गते फूलबारी लिला
पुस १ गते धनुष यज्ञ
पुस २ गते तिलकोत्सव
पुष ३ गते मटकोर
पुष ४ गते शुभ विवाह
पुष ५ गते रामकलेबा विधि
Leave a Reply