Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चोरीका मोटरसाइकलसहित २ जना बाराबाट पक्राउ

    चोरीका मोटरसाइकलसहित २ जना बाराबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.7K
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा निजगढ-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका प्रहरीले जनाएकाे छ ।



    बिहीबार बिहान बाराको निजगढ नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् ।



    उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार