Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • प्रधानमन्त्री ओली र भाजपाका उच्च नेता चौथाइवाबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भाजपाका उच्च नेता चौथाइवाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इञ्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।



    नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।



    बालुवाटारमा आज प्रधानमन्त्री ओलीसँगको भेटमा मन्त्री पौडेल पनि सहभागी थिए।

    नक्सा प्रकरणले चिसिएको नेपाल भारत सम्बन्धलाई अघि बढाउन भारतका तर्फबाट रअ प्रमुख सामन्त गोयल, विदेश सचिव हर्षवर्द्धन श्रृंगलापछि भाजपामा प्रभाव राख्ने नेता चौथाइवाले काठमाडौं आएका हुन्।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र थौलाइवाले बीच भेट भए पनि के कुरा भयो भन्ने जानकारी नभएको बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार