Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेसले भन्याे-शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर

    कांग्रेसले भन्याे-शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले माेरङमा भएकाे शिक्षक हत्याकाे विराेध गरेकाे छ।

    सरकारद्वारा प्रतिबन्धि नेत्र विक्रम चन्दा(विप्लव) नेतृत्वकाे नेकपाले गरेको शिक्षक हत्याको काँग्रेसले विराेध गरेकाे हाे।



    कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।



    बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’

    साथै हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार