Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सिद्धबाबालाई तत्काल थुनामै राख्न उच्च अदालतको आदेश

    सिद्धबाबालाई तत्काल थुनामै राख्न उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ । उच्च अदालत विराटनगरले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा अर्थात् कृष्णदास गिरीलाई थुनामै राख्ने पुरानै आदेश दोहोर्‍याएको छ । कृष्णदासको मिसिल आइनपुगेका कारण न्यायाधीश यमुना भट्टराई र राजन भट्टराईको संयुक्त इजलासले बुधबार तत्काल पुरानै आदेशलाई निरन्तरता दिन आदेश गरेको हो ।

    उच्च अदालतले बुधबारको पेसीमा कृष्णदासको सक्कल मिसिल देखाउन जिल्ला अदालतलाई पत्राचार गरेको थियो । तर, मिसिल सर्वोच्च अदालतमा गएका कारण पेस हुन नसकेपछि तत्कालका लागि पुरानै आदेशलाई निरन्तरता दिन भनेको हो । सक्कल मिसिल प्राप्त भएपछि अर्को पेसीमा सुनुवाइ गरेर उच्च अदालतले कृष्णदासको पुनः बकपत्र गराउने वा पहिलेकै सदर गराउने भन्ने विषयमा जिल्ला अदालतलाई आदेश गर्नेछ ।



    तर, जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सोमबार नै कृष्णदासलाई सफाइसहितको आदेश गरिसकेकाले उच्च अदालतले बकपत्रबारे गर्ने आदेशको कुनै अर्थ नहुने कानुन व्यवसायीहरू बताउँछन् । सुनसरीको झुम्का कारागारमा पुर्पक्षका लागि बन्दी रहेका कृष्णदास अदालतले सफाइ दिएपछि चतारास्थित आश्रम गइसकेका छन् ।



    पीडित महिलाका तर्फबाट बहस गर्दै आएका अधिवक्ता कोषराज न्यौपानेले उच्च अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै जिल्ला अदालतले एकपक्षीय रूपले फैसला गरेर संविधान नै उल्लंघन गरेको बताए । ‘एकपक्षीय सुनुवाइ गरेर मात्र मुद्दा फैसला गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत मात्र नभएर संविधानको पनि उल्लंघन हो,’ उनले भने, ‘मुद्दामा वादी–प्रतिवादी दुवै पक्षको सुनुवाइको हक हुन्छ । यसबारे नियमनकारी निकाले चासो दिन आवश्यक छ ।’ नयाँ पत्रिका दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार