Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गृहमन्त्रीद्वारा विप्लव समूहमाथि निगरानी बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन

    गृहमन्त्रीद्वारा विप्लव समूहमाथि निगरानी बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेपछि सरकारले उक्त समूहमथि कडा नीति अपनाउने संकेत दिएको छ।

    श्रेष्ठको घाँटी रेटेर हत्या गरेको घटनालाई लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक राखेका थिए।



    बैठकमा विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालिएको छ ।



    गृहमन्त्री बादलले विप्लव समूहले यस्ता घटना बढाउन सक्नेतर्फ सतर्क रहन र थप कदम चाल्न सक्ने भन्दै निगरानी बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा बसेको बैठकमा आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

    घटना भएको क्षेत्र मोरङमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले सर्च अपरेसन चलाइरहेको छ ।

    तर,अहिलेसम्म कुनै ठोस प्रगति भने हुन सकेको छैन। हत्यामा संलग्नहरुमाथि प्रहरीले  खोजी जारी राखेको  जनाएको छ।

    गृहको बैठकमा बिप्लब समूहका आपराधिक गतिविधि नियन्त्रणका साथै राजावादीहरुको गतिविधिबारे पनि समिक्षा भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार