Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विप्लव समूहका नेता अनिल शर्मा पुन: पक्राउ

    विप्लव समूहका नेता अनिल शर्मा पुन: पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.6K
    SHARES

    त्रिशूली । नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा पुनः पक्राउ परेका छन् ।

    स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका विरही साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका हुन् ।



    बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।



    मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

    चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार