Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बुधबार तोलामा ७ सयले घट्यो सुनकाे मूल्य

    बुधबार तोलामा ७ सयले घट्यो सुनकाे मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ ।

    आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



    यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ ।



    त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार