काठमाडौं । देशभर ८ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
आज देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमितमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय ८० जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ११५, प्रदेश २ मा १६२, लुम्बिनी प्रदेशमा १ हजार १०२, सुदूरपश्चिम प्रदेशमा ६३५, गण्डकी प्रदेशमा ३६९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Leave a Reply